माधव समूहकाे जोड पार्टी एकतामा

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड दिएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको काठमाडौं बुद्धनगरमा बसेको बैठकले पार्टी एकतामा जोड दिएको हो ।

बैठकले छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए ।

‘पार्टी एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र पार्टी एकतामा जोड दिनुपर्छ भन्नेमा सबैको भनाई रह्यो’, बैठकपछि पन्तले भने, ‘बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका कार्यहरु तत्काल रोक्न प्रस्ताव पास गरेको छ ।’

अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको समेत नेता पन्तले जानकारी दिए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो । माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पस्टीकरणकोे पत्र पुगेको थियो ।

तपाईको प्रतिक्रिया