सिन्धु काँग्रेसद्वारा खाद्यान्न तथा फलफूल वितरण

सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धु काँग्रेसद्वारा चौतारास्थित वृद्धाश्रम खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक जननायक बिपी कोइराला को ३९ औ स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस सिन्धुपाल्चोकले खाद्यान्न तथा फालफुल वितरण गरेको हो ।

बुधबार चौतारास्थित वृद्धाश्रममा काँग्रेस जिल्ला सचिव बिलबहादुर तामाङले चामल ३ बोरा, अण्डा एक क्रेट ,एक बाकस तेल र फालफुल वितरण गरेका हुन् ।

जिल्ला सचिव तामाङका अनुसार जननायक बिपी कोइरालालाई कहिले पनि बिर्सन नसक्ने बताए । सधैँ जनताको पक्षमा जनहित काम गर्ने नेताको रूपमा स्थापित भएकोले हामीले बिपीको सम्झना स्वरूप सहयोग गर्न पाउँदा अत्यन्तै खुसी भएको उनको भनार्इ थियो ।

कार्यक्रममा नेविसंघका जिल्ला सदस्य गिरिराज कटुवाल लगायतको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया