तरुण नेता लामा लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य

सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक सुनकोसी-६ का प्रमोद लामा लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य मनोनीत भएको छ । लामासँगै सिन्धुपाल्चोकबाट आइराज रुम्बा, टपेन्द्र दर्नाल, प्रमोद लामा, बाबु लामा, प्रकाश सापकोटा र देव कोइराला लगायत मनोनीत भएको हो ।

उनीहरूलाई सिन्धुपाल्चोकको बाह्रबिसेस्थित एक कार्यक्रममा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केन्द्रिय सदस्यमा मनोनीत गरेको प्रमाणपत्र प्रदान गरेको थियो ।

प्रमोद जिल्ला तरुण दलका अध्यक्ष समेत हुन् । विक्रम संवत् २०६६ सालबाट कांग्रेसका सक्रिय राजनीति गरेका प्रमोद छोटो समयमा छलाङ मारेका हुन् । जिल्ला शान्ति समितिका सदस्य, क्षेत्रिय प्रतिनिधि, सुनकोसी-६ का जनजाति समन्वय समितिका अध्यक्ष र महेन्द्रदय उच्च माध्यमिक विद्यालय संचालक समितिका सदस्यमा समेत रहेर काम गरिसकेका छन् ।

त्यस्तै प्रमोदले जन्मदिनको अवसरमा आफ्नै वडाका सुत्केरी महिला र विपन्न बर्गलाई खाद्यान्न सामग्री सहयोग गरेका थिए । उनको पहलमा सानोपाखरस्थित निर्माणाधीन गुम्बाका लागि ५२ हजार २ सय ५२ रुपैयाँ सहयोग गरेका छन् । प्रमोदले अन्य विभिन्न व्यक्तिहरुलाई समेत सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया