इनास आबुधावीको अधिवेशन सम्पन्न, अध्यक्षमा खालिङ

आबुधाबी, युएई

अन्तर्राष्ट्रिय नेपाली कलाकर समाज(इनास) युएई आबुधावी क्षेत्रीय समितिको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।

आबुधावीको साबियास्थित एभरेष्ट पोइन्ट रेष्टुरेन्टमा मंगलबार सम्पन्न अधिवेशनले समितिको अध्यक्ष पदम खालिङ राईलाई चयन गरिएको छ । त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्ष अस्मत घिमिरे, प्रथम उपाध्यक्ष भोला श्रेष्ठ, द्वितीय उपाध्यक्ष डोलेस्वर जोगी, महासचिव सन्जिता मोक्तान, सहसचिव उमेश गुरुङ, कोषाध्यक्ष हेलेन राउत, सहकोषाध्यक्ष सोपान सागर क्षेत्री चयन भएका छन् ।

यस्तै महिला विभाग प्रमुख अस्मी लामा सदस्यहरु रन्जित रिजाल, पंकज घले, सुस्मिता गुरुङ, रविना तामाङ, पारु बुढाथोकी, प्रतिक्षा खत्री, विनोद उप्रेती, प्रकश मण्डल, निस्मा ल्वागुन, गंगा खड्का, ममता तामाङ, इन्दिरा निरौला, प्रजिन विष्ट, अमृत परियार, माया श्रेष्ठ, राजेश बि राई, फडिन्द्र बोहरा, दिपेश सिटौला, पारु खत्री, सम्पदा बोहरा, सुदिप खरेल रहेका छन् ।

त्यसैगरी समितिका वरिष्ठ प्रमुख सल्लाहकारहरु प्रविन निरौला, राजु घले, रामु शाही ठकुरी, राजु पाण्डे तामाङ, कमान सिंह लामा, चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिहरुमा नेपाल एसोसिएसन युएईका महासचिव नरेन सेन, विशेष अतिथिमा नेपाल एसोसिएसन युएईका प्रवक्ता तथा इनास ओतप्रोत ब्याण्डका म्यानेजर केशव नेपाल रहेका थिए । यस्तै अतिथिहरुमा एनआरएनए युएईका सल्लाहकार प्रविन निरौला, कार्यबाहक अध्यक्ष रामु साही, हातेमालो समूह आबुधावीका अध्यक्ष भोला ढकाल लागायत विभिन्न संघसस्थाका प्रतिनिधिहरु रहेका थिए ।

तपाईको प्रतिक्रिया