अमेरिकामा लेक्सिनटन दोहोरी

काठमाडाैं

अमेरिकाको केन्टकी लेक्सिनटन शहरमा नेपाली लोकदोहोरी साङ्गीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरु भएको छ । नेपाली फिल्म युवा निर्देशक सुमन दाहालको सक्रियता र विष्णु डुम्रेको नेतृत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रममा हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली र गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल छन् । त्यस्तै गायिकातर्फ रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा लगायतकाे प्रस्तुति तथा सहभागिता रहेकाे छ।

नेपाली वाद्यवादनसहित प्रस्तुति हुने कार्यक्रममा मादलमा गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी, गिटारमा कृष्ण राना, तबेलामा उद्धवराज उप्रेती छन् ।

कार्यक्रममा उद्घाटनमा एनआरएनएका अमेरिका केन्टकी च्याप्टर अध्यक्ष केशवराज लोहनी, स्थानीय नेपाली संस्था फोनाका पूर्व अध्यक्ष रामप्रसाद खनाल र कवी, डमरु पौडेललगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया