म्हेन्दोमाया समाज दोहा कतारले अगष्ट १६ तारिख शुक्रबार दोस्रो म्हेन्दोमाया साँझ- २०१९ सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति महासंघका अध्यक्ष शिव भुजेलले म्हेन्दोमायालाई संरक्षण र प्रबर्द्धनका गरिने विभिन्न क्रियाकलापलाई संस्थाले निरन्तरता दिइएकोप्रति खुशी व्यक्त गरे । म्हेन्दोमायालाई तामाङ जातिमा मात्र सीमित नराखी सबैतिर प्रचारप्रसार गर्नुपर्नेमा अध्यक्ष भुजेलले जोड दिए ।
समाजका सल्लाहकार सुकबहादुर तामाङले म्हेन्दोमायाको महत्व र उद्देश्य बारे प्रष्ट्याए ।
कार्यक्रममा गायिकद्धय बबिता पाख्रिन र सीता लामा, आशिक गोङ्बो तामाङ, सुन्दर मोक्तान तामाङ र मोहिराम तामाङको सांस्कृतिक टोलीले प्रस्तुति दिएका थिए ।
त्यसैगरी कलाकारहरुमा श्रीतामाङ, श्रीचन तामाङ, सोम तामाङ, इन्द्र तामाङ, सुबिसा तामाङ, सृष्टि तामाङ, अस्मिता तामाङ, सल्मा तामाङ, रन्जित तामाङ लगायतले आआफ्ना प्रस्तुति दिएका थिए ।
‘भाषा, धर्म, लिपि, भेषभुषा, संस्कार र संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान’ भन्ने नाराका साथ स्थापित संस्थाले यस्ता कार्यक्रमलाई निरन्रता दिइरहेको अध्यक्ष प्रकाश मम्बा तामाङले बताए ।