साउदीमा हज कोभिड फ्री रूपमा सम्पन्न, कोरोना घट्दै

सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

साउदी अरेबियाका सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोरोना भाइरस (कोभिड१९) संक्रमण नभएको जनाएका छ । साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको छ ।

हजका क्रममा ठूलो भिडभाड हुने भएकोले यस क्रममा कोभिड-१९ को ठूलो संक्रमण हुने डर रहेको बताइएको थियो । त्यसैले पनि यहाँको सरकारले कोभिडका विरुद्धमा निकै कडा र प्रभावकारी उपायहरु अपनाएको बताएको छ । त्यसै कारणले पनि यसवर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो संख्यामा गर्नुपर्ने बताइएको थियो ।

साउदीका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको संक्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताए । उनले साउदी अरेबियाको मक्कामा हज गर्न आएकाहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनाको आवश्यकतामा जोड दिइएको थियो ।

त्यसैगरी यहाँको सरकारले स्वदेशी नागरिकलाई जम्मा ६० हजार जनालाई मात्र हजका लागि आउन दिएको थियो । त्यसैगरी विदेशी नागरिकलाई पनि थोरैलाई मात्र यहाँ हजका लागि आउन दिइएको र स्वदेशी नागरिकलाई पनि ६० हजारमा मात्र सीमित गरिएको थियो । यसका कारणले गर्दा साउदीमा हालै सम्पन्न हज सेसन सुरक्षित रुपमा सम्पन्न भएको, अर्थात् कोभिड फ्रि रुपमा नै यो सम्पन्न भएको उनले जानकारी दिएको हो ।

त्यसैगरी बिहीबार साउदीमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीका अनुसार यहा कोरोनाको उपचार गरिरहेका १ हजार ३८६ जना निको भएका हुन् । यससँगै अहिलेसम्म साउदीमा ४ लाख ९५ हजार ६५० जना कोरोना मुक्त भएको प्रवक्ता डा.अब्दुलीले बताए ।

बिहीबार नयाँ कोरोना संक्रमित १ हजार १६२ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कुल ५ लाख १४ हजार ४४६ जना कोरोना संक्रमित भइसकेका छन् । त्यस्तै यहा कोरोनाको उपचार लिइरहेका १५ जनाले बिहीबार ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीको भनाइ छ । हालसम्म कोरोनाबाट ८ हजार १३० जनाले ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीले बताए ।

तपाईको प्रतिक्रिया