कास्की समाज साउदीको महाधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सापकोटा

भ्वाइस अफ नेपालकी तारा श्रीसलाई भोट गर्न आग्रह

सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

कास्की आदर्श समाज साउदीको दोस्रो वार्षिकोत्सब तथा प्रथम महाधिवेशन सम्पन्न भएको छ । रियादस्थिति बाथमा भएको महाधिवेशनबाट अध्यक्षमा पुनः अमर सापकोटा निर्वाचित भएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा ओम कुमार कुमाल, द्वितीय उपाध्यक्ष रवी सापकोटा, तृतीय उपाध्यक्ष लक्ष्मी पौडेल, महासचिवमा मनिष थापा, सचिव बुद्धि भुजेल, कोषाध्यक्ष तुलसीराम भण्डारी, गीता आले मगर र प्रवक्ता कमल शाही रहेका छन् ।

त्यसैगरी सदस्यहरु क्रमशः रेशम केसी, ओमबहादुर गुरुङ, भोजराज पौडेल, सिर्जना गुरुङ, अर्जुन क्षेत्री, राम गुरुङ, मनकाजी गुरुङ, सन्तोष परियार, भरत पौडेल, सिर्जना भण्डारी, नन्दराज परियार, बिष्णु ढकाल, युक्त ज्वारचन, बुद्धिप्रसाद पौडेल, खिम गुरुङ र लक्ष्मी पौडेल क्षेत्री रहेका छन् ।

जुलाई २० तारीख सम्पन्न महाधिवेशनले समाजका संरक्षकमा अमृत पौडेल, प्रमुख सल्लाहकार शिव ढकाल र सल्लाहकारहरु क्रमशः रमाकान्त सापकोटा, टीका केसी, हिमलाल सेवा, खेम गुरुङ, किरण पुरी र शंकर थापा रहेका छन् ।

पुनः अध्यक्षमा भएका सापकोटाले कार्यक्रममा उपस्थित भएका र जुम भर्चुअलबाट जोडिएका सबैलाई धन्यवाद दिए । उनले कास्केलीको लागि मात्र नभए सम्पुर्ण नेपालीहरुलाई आफुले सकेको साथ र सहयोग गर्ने बताए ।

समाजका सहसचिव र दुई जना सदस्य कार्यसमितिको प्रहिलो बैठकमा चयन अध्यक्ष सापकोटाले जानकारी दिए । सांगीतिक प्रस्तुति रहेको कार्यक्रमलाई टेलीमनी, विनोद जिसी र सन्जय मिश्रले प्रायोजन गरेको थियोे ।

कास्की आदर्श समाज ` बिश्व भरी छरिएर रहेका कास्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान ´ भन्ने मुल मन्त्र रहेर सन् २०१९ मा स्थापना भएका हुन् । समाजले विभिन्न सामाजिक अभियान, यहा अलपत्र नेपालीको उद्धारका साथै कोरोना कहरमा नेपालमा अक्सिजन पठाउ अभियान सफलता पुर्वक संचालन गरेर देशप्रति आफ्नो जिम्मेवारी बहन गर्दै आइरहेको छ ।

कार्यक्रममा भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी तारा श्रीस मगरलाई भोट गर्न समेत आग्रह गरेको थियो । प्रतिस्पर्धी मगरलाई अत्यधिक भोट गरेर जिताउन आग्रह गरेको प्लेकार्डसहित महिलाहरु कार्यक्रममा सहभागी भएको थियो ।

तपाईको प्रतिक्रिया