पहिलो पटक मंगोलियन हर्टसँगै आस्था राउत कोरिया आउने (भिडियोसहित)

नाफा रकम दुर्गम भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने

अमिर योञ्जन संवाददाता
0 Shares
दक्षिण कोरिया

पहिलो पटक कोरियामा मंगोलियन हर्टको प्रस्तुतिको गुञ्जन हुने भएको छ । दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजको संयुक्त आयोजनामा कोरियनको चाड छुसकको विदामा लाइभ कन्सर्ट र सांगीतिक धमका गर्दैछ ।

पहिलो पटक चर्चित गायक राजु लामाको ब्याण्डको टोलीसँगै गायिका आस्था राउतसहित आधा दर्जन कलाकार एकै स्टेजमा आउने भएका छन् । आइतबार राजधानी सउलमा एक पत्रकार भेटघाट गर्दै आयोजकले कलाकार र कार्यक्रमको तयारी बारे जनाकारी दिएको थियो । कार्यक्रममा कन्सर्टको ब्यनरसमेत सार्वजानिक गरेको थियो ।
छुसकको पहिलो दिन अर्थात सेप्टेम्बार १२ गते कार्यक्रम हुनेछ । कार्यक्रमको तयारीसँगै कलाकार, हल व्यवस्थापनको काम सकिएको आयोजकले बताएको छ । अब टिकट विक्री र सहयोग संकलन तीब्र रुपमा भइरहेको बताएको छ ।

दुर्गम भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोगार्थ स्वरुप कार्यक्रम आयोजना गरेको तीन संस्थाका अध्यक्षले बताए । कार्यक्रमको तयारी पुरा भएको बताउदै दोलखाली समाजका अध्यक्ष सरोज केसीले अब मंगोलियन हार्टको प्रस्तुतिसँग दर्शकले मज्जा लिने दिन मात्र बाँकी रहेको बताए । उनले भने, कार्यक्रमबाट संकलन नाफा रकम नारामा रहेका अनुसार तीनै जिल्लाका शिक्षा, स्वास्थ्यमा सही ठाउँमा सहयोग गर्नेछु । छुसकमा गर्ने सबै कार्यक्रमलाई साथ सहयोग गर्ने र हाम्रो कार्यक्रममालाई पनि साथ सहयोगको अपेक्षा राखेको छ, उनले थपे ।

तीन वटै संस्थाको आयोजनामा हुने यो कार्यक्रम अहिलेसम्मकै ऐतिहासिक उदाहरणीय हुने रामेछाप सम्पर्क समितिका अध्यक्ष रविप्रताप घिसिङले बताए । उनले भने, रामेछापमा पिछाडिएका वर्ग र दुर्गम भेगका शैक्षिक क्षेत्रमा सहयोग गर्नेछ ।

त्यस्तै सिन्धुपाल्चोक समाजका अध्यक्ष सञ्जिव भण्डारीले सिन्धुपाल्चोकको पनि विकट र दुर्गम क्षेत्रमा शैक्षिक तथा स्वास्थ्यमा सहयोग गर्ने बताए । उनले भेटघाट कार्यक्रममा सबैलाई निम्तो गर्दै कार्यक्रमको नारा अनुसार नै काम गर्ने प्रतिबद्ध ब्यक्त गरे ।

कार्यक्रममा यहाँ रहेका नेपालीहरुलाई मनोरञ्जनमय बनाउन द भ्वाइ अफ नेपाल सिजन २ का जर्ज राजु लामा र रक गायिका आस्था राउतसहित नेपाल आइडलका सिजन १ का सेकेण्ड रनरअप गायक प्रताप दास, मोडेल अञ्जली अधिकारी, दोहोरी गायक प्रकाश कटुवाल आउने छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका