धुन्चेमा तामाङ समुदायले मान्दै आएका ह्युम पूजा सम्पन्न

सरस्वती न्याैपाने संवाददाता
रसुवा

जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेस्थित तामाङ समुदायले विगतदेखि मानिँदै आएको ह्युम पूजा सम्पन्न भएको छ ।

यहाँका तामाङ समुदायले प्राकृतिक प्रकोपहरूले दुख नदियोस् भनेर यस  वर्ष  साउन महिनामा परेको लामा गुरु सुमन घलेले जानकारी दिए । उनका अनुसार सम्पूर्ण प्राणी जगतको हितका निमित्त पूजा पाठ हुने गर्छन् ।

५ दिनसम्म चलेको पूजा साउन ५ गते देखि ९ गतेसम्म भएको थियो । पूजा गर्दा विशेष गरी परिवार‚ समाजमा सुख शान्ति‚ रोग व्याधि‚ केही अनिष्ट नहोस् भनेर गरिएको यहाँ तामाङ बुढापाकाहरूको भनाई छ ।

धुन्चेका स्थानीय तामाङहरूले परम्परा, संस्कृति र संस्कारलाई जोगाएर राखेका छन् । पुर्खादेखि नै गरिँदै आएको ह्युम पूजा आजका दिनसम्म पनि बचाएर राखेका छन् ।

तपाईको प्रतिक्रिया