सरस्वतीको सुनको चुरा सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

नारी पर्व तिज नजिकिँदै जाँदा गायक, गायिकाहरू आफ्नो मनको पीडा गीतमार्फत पोख्ने गरिरहेका छन् । माया प्रेमको कुराहरू पनि तिज गीतमार्फत पोखिरहेका छन् ।

तिजकै मेसो पारेर गायक बिर्ख विश्वकर्मा, गायिका सरस्वती उप्रेतीको मिठो स्वर समेटिएको ‘सुनको चुरा’  बोलको तीज गीत सार्वजनिक भएको छ ।

डम्बर विश्वकर्माको शब्द, सम्झना बिसीको लय रहेको गीतको भिडियो अशोक सुनारले निर्देशन गरेका हुन् भने सुनिता गजमेरको कोरियोग्राफी रहेको छ ।

भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन आदिको अभिनय रहेको छ । आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको छ ।

तपाईको प्रतिक्रिया