एक नम्बर प्रदेश फोनिजमा जम्नेली

प्रादेशिक महाधिवेशनले १९ बुँदे उदयपुर घोषणापत्र जारी

सैलुङअनलाइन संवाददाता
उदयपुर
PHOTO:

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा अर्जुन जम्नेली निर्वाचित भएको छ ।

उदयपुरमा शुक्रबार सम्पन्न फोनिजको प्रथम प्रादेशिक महाधिवेनबाट जम्नेलीकाे अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समिति उपाध्यक्षमा फिपराज बेघा, भूमिका सुब्बा फियाक महासचिव विदुर खावास, संगठन सचिव सन्देश सुब्बा, संस्थागत सचिवमा अप्सरा समाल मगर, कोषाध्यक्षमा सुसन राइरहेका छन् ।

त्यसैगरी सदस्यहरू क्रमशः बीरबहादुर पापो, राजन साम्पाङ राई, प्रेम देवान, टकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन निर्वाचित भएका छन् । महिला सदस्यहरुमा सहारा लिम्बू, मानवी तामाङ र विनादेवी तामाङ निर्वचित भएका छन् ।

त्यसैगरी संस्थागत सदस्यहरुमा नविन गुरुङ, प्रदिपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ र अल्पसंख्यक सदस्यमा विजय धिमाल निर्वाचित भएका छन् ।

लेखा समिति संयोजकमा घनेन्द्र केरुङ र सदस्यहरुमा खगेन्द्रकुमार राई र ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् ।

तीन दिनसम्म चलेको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाका १ सय २२ जना प्रतिनिधि सहभागिता रहेका थिए । महाधिवेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेक थिए ।

प्रादेशिक महाधिवेशनले १९ बुँदे उदयपुर घोषणापत्र जारी गरेकाे छ ।

घोषणापत्र पूर्णपाठ :

तपाईको प्रतिक्रिया