एनआरएनए बहराइनको अध्यक्षमा गिरी

सैलुङअनलाइन संवाददाता
बहराइन

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बहराइनको अध्यक्षमा लक्ष्मी गिरी निर्वाचित भएकी छिन् ।

आठौं राष्ट्रिय महाधिवेशनबाट गिरीले अध्यक्षका उम्मेदवार सुवास केसीलाई पराजित गर्दै विजेता भएकी हुन् । गिरीले ९६५ मत पाएकी थिइन् भने उनको प्रत्याशी केसीले ३०९ मत पाएका थिए ।

एनआरएनए बहराइन सन् २०२१-२०२३ कार्यकालका वरिष्ठ उपाध्यक्ष अमर श्रेष्ठ, उपाध्यक्षहरू तीर्थबहादुर भण्डारी, युवराज प्याकुरेल, महिला उपाध्यक्ष कृष्णकुमारी गुरुङ निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक राजकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार कुवेतबाट प्रतिनिधित्व गर्ने एनआरएनएका १ जना सदस्यमा पनि दिनेश बहादुर बस्नेत निर्विरोध चयन भएको छ ।

त्यस्तै महासचिव राजकुमार श्रेष्ठ, सचिव वीरेन्द्र बुढाथोकी, कोषाध्यक्ष भावना आचार्य पन्त निर्वाचित भएको निर्वाचन संयोजक बस्नेतले बताए । उनका अनुसार महासचिव श्रेष्ठले ९४९, सचिव बुढाथोकीले ९५० र कोषाध्यक्ष पन्तले ९५१ मत पाएका थिए ।

सहसचिव कृष्ण गैरे, सहकोषाध्यक्ष दीपविक्रम राणा, महिला संयोजक सङ्गीत खत्री, युवा संयोजक सन्तकुमार न्यौपाने निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक बस्नेतले जानकारी दिए ।

त्यसैगरी कार्यसमितिका सदस्यहरू क्रमशः तिलकबहादुर कार्की, दीपकबहादुर दर्जी, सुशीला खत्री, रुद्रमणि उप्रेती, मिना तामाङ, फलामसिंह लामा र सूर्य भण्डारी निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया