गजल

273 Shares
पनौती, काभ्रे

बिना कुलो बगिरहने यो आँसुको जात कस्तो
बगे जति नित्य नथाकी पुछिरहने हात कस्तो

बारम्बार लेख्दै पुनर्लेखन गरे पनि अझै उस्तै
कहिल्यै हाम्रो नहुने यो बिधानको बात कस्तो

झिलिमिलि छ जताजतै उज्यालै उज्यालो सब
झुप्रा छाप्रा मात्रै अन्धकार हुने यो रात कस्तो

हुँदा खाने जति सबलाई संधै संधै कोल्टे फेर्ने
हुनेखानेकै पास रहने यो कागजको पात कस्तो

पीडा माथि पीडा थप्दै घिट्घिटाहटमा पनि
अहोरात चुटिरहने यो समस्याको लात कस्तो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका