त्रिशुली समाज युएईको पाँचौ अधिवेशन, अध्यक्षमा लोकेन्द्र

युएई

त्रिशुली समाज युएईको पाँचौ अधिबेशन सम्पन्न भएको छ । युएईको वर दुबईस्थित रेन्ट्री होटलमा शुक्रबार सम्पन्न अधिवेशनले अध्यक्षमा लोकेन्द्र तामाङलाई चयन गरिएको छ ।

समाजका कार्यसमितिमा प्रथम उपाध्यक्ष शंकर तामाङ, द्वितीय उपाध्यक्ष सुनिलकुमार तामाङ, महासचिव सुरज तामाङ, सचिव बानु माया तामाङ, सहसचिव अजय तामाङ, कोषाध्यक्ष मनमाया तामाङ, सहकोषाध्यक्ष प्रकाश तामाङ चयन भएका छन् ।

यस्तै प्रवक्तामा शशिकान्त तामाङ, सुचना तथा संचार विभाग प्रमुख पुर्ण तामाङ, महिला विभाग प्रमुख उषा ब्लोन तामाङ, आजमान क्षेत्र प्रमुख बुद्विमान तामाङ, सांस्कृतिक विभाग प्रमुख राज थोकर, सामाजिक अभियान प्रमुख पदम तामाङ, सस्थापक तथा संरक्षण अमृत तामाङ, हरिमान तामाङ, गंगा घले, गोपाल गोले निर्वाचित भएका छन् ।

त्यसैगरी समितिका सदस्यहरु क्रमशः गणेश थिङ तामाङ, विनोद तामाङ, प्रमोद तामाङ, सलिना तामाङ, पुनम तामाङ, सन्तोष तामाङ, रुबी तामाङ, शान्त पाराङ तामाङ, सोममाया तामाङ, रन्जु तामाङ, राज वाइबा तामाङ, सोम रुम्बा तामाङ, हसिना तामाङ, रुपा पाख्रीन, श्रीमान तामाङ, दिल योन्जन तामाङ, विष्णुमान तामाङ, जिवराज तामाङ, सबिना तामाङ, ज्योति तामाङ, सृजना तामाङ, सन्जु तामाङ, बाला तामाङ, निमा तामाङ, विराज लामा चयन भएका छन् । त्यस्तै सल्लाहकारमा सम्पार बहादुर तामाङ र निशा तामाङ रहेका छन् ।

नवनिर्वाचिन अध्यक्ष तामाङले युएईमा अलपत्र सबै समुदायका सम्पुर्ण नेपाली श्रमिकहरुको समस्यामा साथ सहयोग गर्ने प्रतिबद्धता जनाए । कोरोना कहरको कारणले कार्यक्रममा उपस्थित हुन नसकेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जूम (zoom)भर्चुअल मार्फत नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया