एनआरएनए साउदीको अध्यक्षमा श्रेष्ठको उम्मेद्वारी

सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

एनआरएनए साउदी अरेबियाको अध्यक्षमा रोशन श्रेष्ठले उम्मेद्वारी दिएको छ । श्रेष्ठले एनआरएनए साउदीको आठौं महाधिवेशन सन् २०२१-२३ का कार्यकालका लागि उम्मेद्वारी दिएको हो ।

साउदीमा दुई दशकभन्दा अघिदेखि कार्यरत श्रेष्ठ भोजपुरका हुन् । हाल सुनसरीको इटहरीस्थित बसोबास गर्ने उम्मेद्वार श्रेष्ठ एनआरएनए साउदीका निवर्तमान उपाध्यक्ष समेत हुन् ।

सन् २०१३ बाट एनआरएनए साउदीमा आबद्ध भएका उम्मेद्वार श्रेष्ठ स्थानीय उपाध्यक्ष, क्षेत्रीय सचिव, उपाध्यक्ष हुँदै २०१७-१९ कार्यसमिति सदस्य र २०१९-२१ को कार्यकालमा उपाध्यक्ष भएका थिए । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)साउदीको आठौं महाधिवेशन यहि जुलाई ३० तारीख हुदैछ । श्रेष्ठसँगै डम्बर यादवले पनि अध्यक्षका लागी उम्मेद्वार दिएको छ ।

साउदी सरकारले दिएको अघिल्लो आममाफी (कम्पनी छोडेकालाई जान दिने) पाएकाहरुका लागि उम्मेद्वार श्रेष्ठका पहलमा अस्थायी सेल्टर स्थापना गरेर सहयोग गरेका थिए । त्यसै संस्थागत तर्फ उम्मेद्वार श्रेष्ठको सहकार्यमा नेपालमा बाढीपहिरो, भुकम्प, साउदीस्थित नेपालीहरुको समस्या हाल गर्दै आएका छन् ।

यहा कोरोना महामारीमा ज्यान जोखिममा राखेर एनआरएनए साउदीद्वारा उद्धार तथा खाद्यान्न सामग्री वितरणमा सहकार्य गरेको उम्मेद्वार श्रेष्ठले बताए । त्यस्तै नेपालमा कोरोनाको दोस्रो लहर बढेपछि संस्थाले अक्सिजन पठाउन गरेका कार्यक्रमलाई सफल पार्न विशेष भुमिका खेलेको उनको भनाइ छ ।

संस्थामा पछिल्लो समय बढ्दै गएको विकृति र एकाधिकारलाई तोड्दै एनआरएनएको प्रमुख योजना अनुरुप नेपालीहरुको साझा (व्याबहारिक रुपमा) संस्था बनाउका लागि आफ्ना उम्मेद्वारी दिएको बताए । ` मेरो प्रमुख एजेन्डा नेपाली समुदायलाई लर्निङ्ग कम्यूनिटी बनाउनतिर अगाडि बढाउने हो,` उम्मेद्वार श्रेष्ठले भने,` यो कार्यकालमा नयाँ प्रोजेक्ट, परियोजना र पूर्वकार्यकालका परियोजनालाई नियमितता दिई व्यवस्थापन ब्यबस्थापन गर्न पहल गर्छु ।´

उक्त प्रोजेक्ट र सो कार्यान्वयनका लागि कमिटीहरु गठन र व्यवस्थापन गरिने उम्मेद्वार श्रेष्ठलेको भनाइ छ । `संस्थागत विकास बिस्तार, क्षेत्रिय र स्थानिय समितिसँग निरन्तर समन्वय गर्ने ´उम्मेद्वार श्रेष्ठले भने, `साउदीमा रहेका  विभिन्न संघसंस्थाहरुसँग सहकार्य
योजना, अनुगमन, मुल्यांकन, व्यवसाय र लगानी प्रवर्द्धन गर्ने छौं ।´

संस्थामा युवा विकास र सहभागिता, रोजगारीमा थप सिर्जनशीलता र धेरै आम्दानी हुने खालका कामको अवसर बनाउने प्रोजेक्टहरु, खेलकुद ब्यबस्थापन र संचालनमा बिशेष कार्यक्रम ल्याउने उम्मेद्वार श्रेष्ठले बताए । उनले थपे ` कलाकारहरुको लागि विविध कार्यक्रम नेपाली मल्टाइ कल्चर/सांस्कृतिक ब्यबस्थापन र पब्लिक हेल्थ सम्बन्धि कार्यक्रम र प्राबिधिक परियोजनाहरुका लागि पहल गर्छु ´उनले भने ,` सदस्यहरुको सहयोग, बेनिफिटहरु, आकस्मिक सेवा र नीतिगत ब्यबस्थापनका साथै कुटनैतिक सम्बन्धको बिकासमा सहयोग गर्ने मेरो प्रमुख एजेन्डा हो ।´

तपाईको प्रतिक्रिया