एनआरएनए साउदीको अध्यक्षमा यादवको उम्मेद्वारी

सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

गैर नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए)साउदी अरेबियाको अध्यक्षमा डम्बर यादवले उम्मेद्वारी दिएको छ ।

यादवले एनआरएनए साउदीको सन् २०२१-२०२३ कार्यकालका लागी अध्यक्ष पदमा उम्मेद्वार दिएको हो । यादव निवर्तमान प्रमुख सल्लाहकार समेत हुन् ।

उम्मेद्वार यादव सन् २००८ बाट एनाअरएनए साउदीमा आबद्ध छन् । यादव सदस्य, सचिव, महासचिव, बरिस्ठ उपाध्यक्ष हुदै सन् २०१९-२१ कार्यसमितिमा प्रमुख सल्लाहकार भएका थिए । एनआरएनए साउदीका सदस्य लिने बर्षनै धेरै सदस्य बनाएर रेकर्ड राखेका थिए । यादव त्यसै बर्ष एनआरएनए साउदीले सम्मानित समेत गरेका थिए ।

उम्मेद्वार यादवले संस्थाको सहकार्यमा नेपालमा गएका बाढीपहिरो, भुकम्प, साउदीस्थित नेपालीहरुको समस्या हाल गर्दै आएका छन् । उनले यहा कोरोना महामारीमा ज्यान जोखिममा राखेर संस्थाद्वारा उद्धार तथा खाद्यान्न सामग्री वितरणमा सहकार्य गरेको बताए । त्यस्तै नेपालमा कोरोनाको दोस्रो लहर बढेपछि संस्थाले अक्सिजन पठाउन गरेका कार्यक्रम संस्थाका सबै एकढिक्का सफल पारेको उम्मेद्वार यादवको भनाइ छ ।

` लामो समय एनआरएनए साउदीमा रहेर यहाँ रहनुहुने आदरणीय नेपाली दाजुभाई, दिदीबहिनीहरुको समस्या नजिकबाट नियालेको छु ´ उम्मेद्वार यादवले भने,` यसै अनुभव अझ निखार्नका निम्ति आठौं महाधिवेशन सन् २०२१-२०२३ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएको छु । ´ यादवले साउदीका कार्यरत दाजुभाइ तथा दिदिबहिनीहरु भोट गरेर अनुभवलाई निखार्न अवसर दिन आग्रह गरे ।

` बिगतमा तपाईंहरुको साथ सहयोग र ऐक्यबद्धता सहित सेवा गर्दै आइरहेको बिदितै छ ´ उम्मेद्वार यादवले भने,` अहिले नेतृत्व लिएर सेवा गर्ने अवसर दिनुहोस् तपाईहरुको प्रत्येक अभिमतको सम्मान गर्ने बाचा गर्दछु ।´

सिराहा जिल्लाका यादव दुई दशकभन्दा अघिदेखि साउदी अरेबियामा कार्यरत छन् ।

एनआरएनए साउदी अरेबियाको राष्ट्रिय महाधिवेशन यहि जुलाई ३० मा हुदैछ । अध्यक्ष पदका लागि यादवसँगै रोशन श्रेष्ठले समेत उम्मेद्वारी दिएको छ ।

तपाईको प्रतिक्रिया