चर्चा बटुल्दै लक्ष्मी तामाङ


नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका लक्ष्मी तामाङ । विभिन्न मेला महोत्सवदेखि अन्य धेरै कार्यक्रमहरुमा ब्यस्त रहने गायिका तामाङले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् ।

लमजुङ मस्र्याङदी गाउँपालिका वडा न. ७ छिनखोलाकी तामाङ सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन कोशिशरत छिन् ।

दर्जनौ गीतहरुमा मिठो आवाज भरिसकेकी गायिकाले मोडलिङ पनि गर्दै आएकी छन् । तामाङको दर्जनौ लोक, आधुनिक र सेलो गीतहरु बजारमा आइसकेकी छन भने आधा दर्जन म्युजिक भिडियो समेत बजारमा छन् । ५ बर्षदेखि सांगीतिक क्षेत्रमा भएपनि बिगत १ बर्ष देखि मात्र सक्रियता देखाएकी छन् ।

आफूलाई लोक गायिका भनेर चिनाउन चाहने उनी मिलनसार स्वभावकी छन् । उनीले अवार्ड र सम्मान समेत पाइसकेकी छिन ।

सानैदेखि गायन तथा नृत्यमा रुचि राख्ने लक्ष्मी अभिनयमा समेत अब्बल छिन । सांस्कृतिक कार्यक्रमदेखि मेला महोत्सवमा भाग लिदै आएकी उनले चलचित्रमा समेत अभिनय गरेकी छिन ।

गायिका लक्ष्मी भन्छिन्– ‘लोकसंस्कृति भनेको हाम्रो सम्पति हो, यसालई संरक्षण र प्रबद्र्धन गर्नु हाम्रो कर्तब्य हो । त्यसैले पनि म लोक संगीतमा बढी झुकाव छु ।’

तपाईको प्रतिक्रिया