मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको स्वयम्भु ठूलोभर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सोमबारदेखि सञ्चालनमा ल्याएको छ । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ ।
मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्था कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।
एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ ।
बैैंकको देशभर १०२ वटा शाखा, १०२ एटीएम मेशिन, ११९ वटा शाखारहित बैकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेण्टहरु रहेका छन् ।