लिम्बुवान मंचद्वारा एनआरएनए साउदीको गम्भीर ध्यानाकर्षण (विज्ञप्ति)

सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

संघीय लिम्बुवान सामाजिक मंच साउदी अरबले गैर आवासीय नेपाली संघ,राष्ट्रिय परिषद (एनआरएनए) साउदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

लिम्बुवान सामाजिक मंचले प्रेस विज्ञप्ति जारी गरेर एनआरएनए साउदीको भोलि हुनलागेको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण गरेको हो । मंच संघीय लोकतान्त्रिक राष्ट्रिय मंच नेपाल पार्टीका प्रवास संगठन हो ।

मंचको प्रेस विज्ञप्तिका अनुसार साउदीमा रहेका विभिन्न वैचारिक (राजनितीक), सामाजिक र भातृ संघसंस्था लगायत साउदीमा रहेका गैरआवासीय नेपाली नागरिकहरुको चेतावनी सहितको असन्तुष्टी पोख्दा पनि एनआरएनएले महाधिवेशन गर्न लागेकाले ध्यानाकर्षण गरेका हुन् । मंचले अधिवेशन हुँदै गर्दा कुनै लज्जास्पद व्यवहार नहोस र अप्रिय घट्ना नघटोस भन्ने अपेक्षा सहित सरोकारवाला सम्बन्धित सबै पक्षमा सबैका असन्तुष्टि र गुनासाहरुलाई सम्बोधन गरेर लोकतान्त्रिक मुल्यमान्यता अनुसार अधिवेशन गर्न सचेत गरेको छ ।

गैरआवासीय नेपाली संघ, मुगलानमा रहेका वैचारिक , सामाजिक र मातृ संघ संस्था लगायत निरपेक्ष रहेका हरेक नेपाली नागरिकहरुको एक निरपेक्ष छाता संस्था हो भन्ने हाम्रो बुझाइ र मान्यता रहेको छ । यस साझा संस्थाको अभिन्न क्षेत्र हाम्रा साना त्रुटि र अहम्ताहरुले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो गोर्खाली विरविरंगनाहरुको भद्दा मजाक हुनेगरि र साख गिर्नेगरि हुँदै आएको लज्जास्पद व्यवहारहरु यस साउदि अरबमा नहोस भन्ने लाख प्राथना सहित सम्बन्धित सबै पक्षमा ध्यानकर्षण गराउद छौं ।´ मंचको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मंच कार्यबाहक अध्यक्ष बसन्त चेन्जी माबोद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेख्छन् ` यस हाम्रा अनुरोध र सुझावहरुलाइ नजर-अन्दाज गरेर अप्रत्याशित कदम चालेर हाइकम दाज्न खोजे निम्तिने सबै प्रकारका घट्नाहरुको जिम्मेवार सम्बन्धित समिति र आयोजक हुने स्पष्ट जानकारी गराउन चाहान्छौँ । अतः हाम्रो संगठन गैर आवासीय नेपाली संघको व्यापक सम्मान गर्दछ साथै यस संस्थाको विगत र वर्तमान नियालिरहेको हुनाले यस संस्थाले सबै पक्ष क्षेत्र र समुदायको अपेक्षालाई सम्बोधन गरेर बढ्नेछ भन्नेमा विस्वस्त छ ।´

तपाईको प्रतिक्रिया