ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताए । ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ ९बिआरआइ०को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिए । चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरे ।

भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्त्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबिच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दियो । चिनियाँ कम्पनीले जलविद्युत्का क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया