प्रज्नाको मार्मिक गीत ‘फर्कि आऊ’ सार्वजनिक

सैलुङअनलाइन संम्वाददाता
0 Shares
अमेरिका

आठ वर्षिया बालिका प्रज्ना पाठकले मार्मिक गीत ‘फर्कि आऊ’को लिरिकल भिडियो सार्वजनिक गरेकी छिन् । अमेरिकाको केन्टकी राज्यमा बस्ने प्रज्नाले जन्मदिनको अवसरमा उक्त भिडियो सर्वजनिक गरेकी हुन् ।

चर्चित गायक र संगीतकार स्वरूपराज आचार्यको संगीत र मणि भट्टराईको शब्द रहेको गीतमा बिदेशिएका बाबासँगै सँधै हाँस्न, खेल्न, रमाउन पाए कस्तो हुन्थ्यो होला भन्ने एउटी अबोध बालिकाको मनको चाहनालाई व्यक्त गरिएको छ ।

देशमा चरम बेरोजगारीको कारण आफ्ना कलिला छोराछोरीहरूलाई जन्मभूमि छोडेर विदेशी भूमिमा रगत, पसिना बगाउन बाध्य लाखौं बुबाहरुलाई घर फर्कि आउन एउटी अबोध छोरीले गरेको अनुरोधलाई गीतमा समेटिएको छ ।

गीत गायिका पाठकको युट्युब च्यानलबाट सार्वजनिक गरिको छ ।

अंग्रेजी गीतहरु पनि निकै राम्रो गाउने प्रज्नाले ‘द न्यु गर्ल इन टाउन’ नामक बाल पुस्तक पनि प्रकाशित गरेकी छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया