कतारबाट मृगौला फेललाई सहयोग

सैलुङअनलाइन संवाददाता
काठमाडौ
PHOTO:

काभ्रे कलती भूमिडाँडा पनौती नगरपालिका-१२ का मृगौला फेल सरोज तामाङले उपचारका लागि ४५ हजार २५ रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेको छ ।

तामाङले आइतबार काठमाडौको बौद्धस्थित सगु प्रोड्क्सनको कार्यलयमा एक कार्यक्रम गरी  सहयोग हस्तान्तरण गरेको हो । कतारमा रहेका सबिन तामाङको पहलमा नेपाल प्रवासी तामाङ समाज कतार, म्हेन्दोमाया समाज कतार र नेपाल तामाङ कलाकारसंघ कतारका सदस्यहरू लगायतको सहयोगमा आर्थिक संकलन गरेका थिए ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा तामाङ समाज कतारका नेपाल सम्पर्क समितिका संयोजक रोशन दोङ तामाङ समाजका पूर्वाध्यक्ष थर्चा लामा, महासचिव अशोक सिङ्तन, सञ्चारकर्मी मनि लामा, सगु प्रोडक्सनका सञ्चालिका सोनु लुङ्बा, ताम्सलिङ टिभी डट्कमकी सञ्चालिका रजनी लामा लगायतको उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया