नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर स्तरीय जनवर्गीय संगठनहरुको भेला सम्पन्न भएको छ ।
प्रमुख अतिथि प्रदेश नं. २ का सांसद धनलाल थोकरको उपस्थितिमा सम्पन्न भेलाले भिमबहादुर भोलन (ब्लोन)को अध्यक्षतामा १३ सदस्यीय युवा घेदुङ, जंगबहादुर घलान (ग्लान)को अध्यक्षतामा १३ सदस्यीय संस्कृति घेदुङ, गणेशबहादुर दोङको अध्यक्षतामा ताम्बा घेदुङ, बिनु लामाको अध्यक्षतामा महिला घेदुङ र कार्साङ लामाको अध्यक्षतामा लामा घेदुङ गठन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि थोकरले राज्यसत्ताले तामाङ समुदायलाई सँधै वायस गर्दै आएकोे र सो कुरा प्रदेश सभामा उठाउने बताए । त्यसैगरी नेपाल तामाङ घेदुङ संघीय सदस्य खड्ग बहादुर बम्जनले तामाङ समुदायलाई अग्रस्थानमा ल्याउन अब सबै एक हुनु पर्ने प्रष्ट्याए ।
घेदुङ चन्द्रपुर नगर कमिटि सचिव बालकुमार लामाले सञ्चालन गरेको भेलामा नेपाल तामाङ घेदुङ प्रदेश २ का उपाध्यक्ष यमलाल गोले, सचिव रामबहादुर घलान (ग्लान), तामाङ अगुवा जंगबहादुर घलान (ग्लान), वीरबलकाजी बम्जन, दुधराज बल, भाषा लिपि तथा साहित्य विभागका सदस्य उपेन्द्र गोले लगायत सहभागी थिए ।
नगर कमिटि अध्यक्ष लालबहादुर दोङको सभापतित्वमा सम्पन्न भेलाले निर्वाचित भ्रतृसंगठनका पदाधिकारीहरुलाई संघीय सदस्य खड्गबहादुर बम्जनले सपथ खुवाएका थिए ।