माधवकुमार नेपाल रुष्ट, मुख्य जिम्मेवारी तोक्न प्रस्ताव

काठमाडौ‌ं

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँधे असहमतिपत्र जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा रोज्न माग गरेका हुन् ।

पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागु गर्नुपर्ने माग उनको छ । नेता नेतालले पार्टी विधानको धारा ४६९क० कमोजिम स्थानीय तहदेखि संघीय सरकारका कार्यकारी जिम्मेवारी बहन गरेका नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन् । यो समाचार अन्नपुर्ण पोष्ट्मा रामकृष्ण अधिकारीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया