विद्युत् ट्रन्सफर्मरका सामन चोरी, खानेपानी आपूर्ति बन्द

काठमाडौ‌ं

रामेछापको भीरपानीमा खानेपानी आयोजनाको लिफ्टका लागि जडान गरिएको विद्युत् ट्रन्सफर्मरका सामन चोरी भएपछि स्थानीयको घरमा खानेपानी आपूर्ति बन्द भएको छ ।

संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४०० परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो ।

गत राति विद्युत् आपूर्ति भएकै बेला ट्रन्सफर्मरका सामग्री चोरी भएको हो । उक्त ट्रन्सफर्मर झण्डै छ महिनाअघि मात्र खानेपानी आयोजनाअन्तर्गत जडान गरिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका