गोसाइकुण्ड गाउँपालिका– ५ स्याफ्रुबेशी नजिकै जिरो किलो नजिक बाह्रघुम्ती सडकमा कन्टेनर पल्टिदा चालक घाइते भएका छन् ।
रसुवागढीबाट धुञ्चेतर्फ आउदै गरेको ना २ ख ८३१६ नम्बरको रेडिमेट सामान बोकेको ट्रक कन्टेनर अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जानकारी दिए ।
घाइते चालकलाई उपचारका लागि स्याफ्रुबेशी स्वास्थ्य चौकी पु¥याइएको प्रहरीले जानकारी दिए । बिच बाटोमा नै पल्टिएको हुनाले सडक अवरोध हटाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1