दोलखा सैलुङ गाउँपालिकास्थित देउरालीमा धार्मिक महत्व बोकेको हिलेजात्रा मंगलबारबाट सुरु भएको छ । जात्रालाई यसवर्षबाट महोत्सवको रुपमा मनाएको छ ।
हिलेजात्रा महोत्सव मूल समारोह समितिद्धारा आयोजित महोत्सव ३ दिनसम्म चल्नेछ ।
महोत्सवको उद्घाटन सत्रमा पूर्वमन्त्री एवं नेकपाका प्रदेश सचिव आनन्दप्रसाद पोखरेलले भने, ‘सैलुङ चार युगका भगवानहरुले टेकेको भूमि हो । देवहरुको तपोभूमि हो । प्राकृतिक, सांस्कृतिक रुपले धनी छ ।’ यो महोत्सवले पनि धार्मिक पर्यटन प्रवद्र्धनका लागि सघाउने बताउदै सचिव पोखरेलले सैलुङ पर्यटनको मुख्य क्षेत्र रहेकोले सरकार र निजि क्षेत्रको उत्तिकै महत्वपूर्ण छ । उनले भने– ‘सैलुङ संस्कृतिको भर्जिन (कुमारी) थलो हो । विकास क्षेत्रमा भ¥याङको काम गर्छु । यहाँ आउने पर्यटनको लागि लाम्चेआहलदेखि कालपानीसम्म होमस्टे बनाउनुपर्छ ।’
करिब वि.सं. १९६० तिर कर्नेल फौदसिंहको पालामा कालीभगवती मन्दिर स्थापना गरी कृष्ण पञ्चमीको दिनमा पूजाआजपश्चात मेला सुरु भएको पुजारी बताउँछन् ।
यसवर्ष मन्दिरमा विहान ११ बजेदेखि क्षमा पूजा गरेपछि जात्राको सुरु भएको हो । बाघखोर बजारदेखि विभिन्न जातीय सांस्कृतिक बाजागाजा, झाँकीसहित मन्दिरमा पुगी मारुनी, लाखे नाचसँगै नगरपरिक्रमा गरेका थिए ।
महोत्सवमा गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले हिलेजात्रा मौलिक सभ्यताको महत्वपूर्ण पर्व रहेको उल्लेख गर्दै सैलुङलाई चाडपर्वहरुको पालिका चिनाउन यो महोत्सव भएको बताए । उनले ५० वर्षपछिको नमुना सैलुङको जग निर्माणमा लागि परेको जानकारी दिए ।
नेकपाका गाउँपालिका पार्टी अध्यक्ष थिरबहादुर तामाङले विगतका वर्षहरुभन्दा फरक ढंगमा महोत्सवको रुपमा मनाउँदा यसले कला संस्कृतिको जगेर्ना हुने बताए । पहिला नेवार समुदायको मात्र भनेर चिनिने हिलेजात्रा अब गाउँपालिकाभित्रको मौलिक पर्वको रुपमा चिनिनेछ, उनले भने ।
यसैगरी नेपाली कांग्रेस गाउँपालिका सभापति दावा लामाले लोप हुदै गएको सांस्कृतिक पर्वहरुलाई युवाहरुको सक्रियतामा जीवन्त राख्न पहलकदमी भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा उपाध्यक्ष लालमाया योञ्जनले लोप हुदै गएको संस्कृति हिलेजात्राको संरक्षण प्र्रवद्र्धनमा महोत्सवले टेवा पुगेको बताइन् । उनीले भनिन– ‘यस जात्राले बर्षभरिको दुखसुख साटासाट गर्ने अवसर पनि हो ।’
वडा नं.३ का वडाध्यक्ष ध्रुव श्रेष्ठले पुर्खाले स्थापना गरेको सम्पदामा कला संस्कृतिले भरिएको यस हिलेजात्रालाई नयाँ शैलीमा मनाउन खोजिएको बताए । उनले सांस्कृतिक धरोहर बचाउने उद्देश्यले पनि यसलाई महोत्सवको रुपमा मनाउन सुरु गरेको उल्लेख गरे ।
कार्यक्रममा वडा नं. १ वडाध्यक्ष विर्खबहादुर तामाङले परम्परागत हिलेजात्रा जातीय पर्व नभइ गाउँपालिकाको साझा भएको बताउदै यसले एकताको सन्देश जाने बताए ।
जात्रामा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, तामाङ फापारे गीत लगायतले मनोरञ्जन दिनेछ ।
पर्यटन प्रवद्र्धनमा खोलानाला, हिमाल, डाँडाकाँडा मात्र नभइ कला, संस्कृतिको पनि प्रचारप्रचार गर्न आवश्यक छ । महोत्वसले पर्यटन वर्ष २०२० लाई पनि सघाउनेछ ।