अब नेपाली फिल्म ‘भिडियो पसल’मा

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

चलचित्रका विभिन्न बजारहरु मध्ये अनलाईन डिजिटल मार्केटिङ एक हो । यसमा पनि अधिकांश नेपालीहरले प्रयोगमा ल्याएको माध्यम भनेको युट्युब च्यानलनै थियो । पछिल्लो समय आईफ्लिक्स र नेटफ्लिक्सले नेपाली बजारमा आएको देखिन्छ ।

ओएआर डिजिटलले हालै अन्तर्राष्ट्रिय बजारमा संचालन रहेको मोबाईल एप्स ‘भिडियो पसल’ नेपालमा संचालनमा ल्याएको छ । ओएआर डिजिटलका प्रबन्ध निर्देशक ओम अग्रवाल हस्ताक्षरित विज्ञप्तीमा ‘भिडियो पसल’ नेपाली फिल्म क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन एप्स संचालनमा ल्याइएको बताइएको छ ।
हलमा रिलिजकै दिन पनि ‘भिडियो पसल’मा फिल्म रिलिज गर्न सकिने जनाइएको छ । तर, हाललाई रिलिज भईसकेको फिल्मलाई विश्वभरीका दर्शक समक्ष एकै पटम पुराउने लक्ष्य ‘भिडियो पसल’को रहेको छ । ‘भिडियो पसल’मा न्यूनतम शुल्क तिरेर नयाँ नयाँ फिल्महरु हेर्न पाइनेछ । केही फिल्महरु भने निःशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ ।

विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपालीफिल्म हेर्न सकिनेछ । निर्माताहरुको लागि यो नयाँ बजार हुन सक्ने अनुमान छ । यसबाट प्राप्त आम्दानी भने निर्माण कम्पनी र निर्माता बीच आपसि सहमतिमा हुने ओएसआरका प्रतिनिधी रुपेन्द्र खड्गीले बताएका छन् ।

‘भिडियो पसल’बाट फिल्म कपि हुने, डाउनलोड हुने र लिक हुन सक्ने संभाव्यता शुन्य भएको ओएसआर डिजिटलले जनाइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका