लाजिम्पाटमा पनि हिमालयन जावा

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

हिमालयन जावा कफी शाखा लाजिम्पाटले सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमबीच अस्ट्रेलियाका राजदुत पिटर बडले उद्घाटन गरेका थिए ।

कफी शाखाको धिरु लामा, सिदार्थ लामा, अन्कु शेर्पा, सुजन मास्के र किरण पून मगरले संयुक्त लगानीमा खोलिएका हुन् ।

२०५६ सालमा गगन प्रधानले स्थापित गरेको हिमालयन जावा कफीको अहिले देशविदेशमा गरी ४० वटा शाखाहरु संचालनमा छन् । यसको अमेरिकामा पनि ३ वटा शाखा छन् । क्यानडा, थाइल्यान्ड, भुटान, र दार्जिलिङमा पनि फ्रेन्चाइज रहेका छन् ।

हिमालयन जावाले खानाका परिकारहरुमा स्याण्डवीज, फ्रेन्चफ्राई, वर्गर लगायतका डिसहरु खुवाउँदै आएको ब्रान्च म्यानेजर सन्तोष डोटेलले जानकारी दिए । उनले भने, ‘हामीले कफी, ब्लेन्डेड ड्रिंक्स र सिजनल फ्रेस जुसहरु दिन्छौं ।’

हिमालयन जावा ब्राण्डका परिकारहरु स्वदेश तथा विदेशमा समेत मन पराएको सञ्चालक सिदार्थ लामाले बताए । उनले भने, ‘हामीले आफनो परिकारहरु अरुसँग तुलना गर्नुपर्दैन, हाम्रो नामै काफी छ ।’

ग्राहकहरु नामै सुनेर आउने गरेको संचालक अन्कु शेर्पाले बताए । हाम्रो आउटलेटको वातवरण शान्त र रमाइलो छ ।

उद्घाटन समारोहमा ग्राहक र अतिथिहरुको बाक्लो उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया