इन्द्रावती गाँउपालिका मंगलबारदेखि खुला दिसामुक्त क्षेत्र भएको छ । गाउँपालिकाले ‘एक घर एक चर्पी पुर्ण भयो हाम्रो अभियान, स्वच्छ सफा र सुन्दर इन्द्रावती गाउँपालिका हाम्रो पहिचान’ नारासहित एक कार्यक्रम गरी खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् ।
२८ हजार ५ सय १७ जनसख्या रहेको गाउँपालिकाको सबै वडामा १२ वटा चर्पी निर्माण भएपछि घोषणा गरिएको गापा अध्यक्ष बंशलाल तामाङ जानकारी दिए । सरसफाइ मानव जीवनको अभिन्न अंग भएकाले घर आँगन, टोल सफा र सुरक्षित राख्न उनले आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले खुला दिसामुक्त घोषणा गर्दै भुकम्पपछि नयाँ सुरक्षित संरचना बनिसकेको छ । अब हाम्रो सोंच सफा हुनुपर्ने बताए । प्रमुख तामाङले भने, ‘मान्छेको मानसिकता रचनात्मक र सृजनात्मक बनाउन सकेन भने हामीले परिकल्पना गरेको खुला दिसामुक्त मुलुक प्राप्त गर्न नसक्ने उल्लेख गरे ।
जिल्लाको १२ वटा गाउँपालिकामध्ये खुला दिसामुक्त घोषणा गर्नेमा यो सातौ पालिका हो ।