सानिमा वार्षिक धनफिर्ता बीमा योजना शुभारम्भ

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले सानिमा वार्षिक धनफिर्ता (अग्रिम भूक्तानी सर्वाधिक) बीमा योजना शुभारम्भ गरेको छ ।

सर्वसाधारणको जीवन बीमाप्रतिको आकांक्षालाई मध्यनजर दिई कम्पनीका प्राविधिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाङ्कीको संयूक्त प्रयासबाट यो योजना ल्याइएको हो । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहसम्म योग्य व्यक्तिले यो योजनाअन्तर्गत १५ र २० वर्षे अवधिका लागि जीवन बीमा गर्न सक्नेछन् । यो योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष तोकिएको छ ।

यो योजनाका मुख्य विशेषताहरु न्युनतम बीमांक १ लाख रुपैयाँ र अधिकतम बीमांकअन्तर्गत आयश्रोतको आधारमा निर्धारण हुने जनाएको छ ।

  • १५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमांकको ६ प्रतिशतका का दरले भूक्तानी गरिने ।
  • २० वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमांकको ५ प्रतिशतका दरले प्रदान गरिने ।
  • यसरी प्राप्त रकमबाट भैपरी आउने सामाजिक गर्जो टार्न, बालबालिकाको शिक्षामा खर्च गर्न र नवीकरण बीमा शुल्क भुक्तानी गर्नसमेत सहयोग मिल्ने ।
  • दूवै अवधिको बीमा योजनाअन्तर्गत बीमा समाप्ती मितिमा अग्रिम भुक्तानी गरी बाँकी रहेको बीमांक र पूरा अवधिको आर्जित बोनस एक मुस्ट प्रदान गरिने ।
  • बीमा अवधिभित्र बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यू भएमा आग्रिम भूक्तानी गरेको रकम कट्टा नगरी सतप्रतिशत बीमांक र समानुपातिक आर्जित बोनस एक मुस्ट बीमितको इच्छाएको व्यक्ति वा सो नभए बीमा ऐन २०४९ को दफा ३८ अन्तर्गतको कानुनी हकवालालाई भूक्तानी गरिने ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका