लुम्बिनी प्रदेश : मुख्यमन्त्री दाबी गर्न बिहीबार ३ बजेसम्मको समय

सैलुङअनलाइन संवाददाता
बुटबल

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेको छ ।

प्रमुख शेरचनले बुधबार नै विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार अपराह्न ३.०० बजेसम्मको समय दिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिएको राजीनामा आजै स्वीकृत भएको छ । अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार बहन गर्ने जनाएको छ ।

गत १९ वैशाखमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले आज पदबाट राजीनामा दिएको हो ।

तपाईको प्रतिक्रिया