रवि पत्नी निकिताको जाहेरी प्रहरीले लिएनन्

सैलुङअनलाइन संवाददाता
काठमाडाैं
PHOTO:

रवि पत्नी निकिता पौडेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको जाहेरी प्रहरीले लिन मानेनन् ।

निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपालआज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिएकी हुन् ।

निकिताले जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भन्दै चितवन जान अनुरोध गरेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । एसएसपी सुवेदीले भने ‘चितवनमा घटना भएको छ, उतैबाट प्रहरीले अनुसन्धान गरिरहेको हुनाले उनलाई सम्झाएर पठायौं ।’

साउन २० गते चितवनमा पुडासैनीले आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले रविसहित ३ जनालाई हिरासत राखि अनसन्धान गरिरहेको छ ।

रविका पत्नी निकिताले दिइन् तीन जनाविरुद्व जाहेरी

तपाईको प्रतिक्रिया