लुम्बिनी प्रदेश : माओवादी सांसद केसीद्वारा मुख्यमन्त्रीमा दाबी

सैलुङअनलाइन संवाददाता
बुटबल

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादीका सांसद कुलप्रसाद केसीद्वारा ४२ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको छ ।

संसदीय दलका नेता केसीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिहीबार दाबी पेस गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरी केसीको पक्षमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।

तपाईको प्रतिक्रिया