साउदी घेदुङद्वारा मृगौला रोगीलाई आर्थिक सहयोग

सैलुङअनलाइन संवाददाता
काठमाडौ
PHOTO:

नेपाल तामाङ घेदुङ साउदी अरब पूर्वी क्षेत्रीय समन्वय समिति दमामले मृगौला पीडित पृथ्वीबहादुर खत्रीलाई ३९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

घेदुङ समन्वय समितिका संरक्षक हाल छुट्टीमा नेपाल रहेका जेनकुमार लामाले मंगलबार बिरामी खत्रीलाई सहयोग रकम हस्तान्तरण गरेको हो । घेदुङले क्षेत्रीय समिति गठन गरेको छोटो समयमा मृगौला फेल बिरामीका लागि आर्थिक जुटाएका हुन् ।

समितिका सदस्य धनकुमार मोक्तानले बिरामीसँग सहजीकरण गरेका थिए । मृगौला पीडित खत्रीका लागि घेदुङद्वारा सञ्चालित भाग्यशाली चिठ्ठा उपहार कार्यक्रममा रकम संकलन गरेका थिए ।

ओखलढुंगा खिम्जिदेम्बा गाउँपालिका-७, रावादोलुका खत्री २०७५ साल असोजदेखि काठमाडौको जोरपाटीस्थित रहेको नेपाल मेडिकल कलेजमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया