नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री र जापानी राजदूतबीच छलफल

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसाबले महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा राजदूत साइगोसँग छलफल गरेका थिए ।

उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखि नलसिंङगाडसम्म जापानले गरेको सहयोगप्रति धन्यवाद पनि व्यक्त गरे ।

भेटवार्तामा मन्त्री पुनले जापान नेपालको भरपर्दो विकास साझेदार मुलुक भएको र नेपालमा अहिले लगानिको उपयुक्त वातावरण बनेकोले लगानिका लागि जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसँग आग्रह गरेका थिए ।

भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।

जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगानिका लागि राम्रो वातावरण बनेको सुखद समाचार सुनेको भन्दै जापानमा लगानिका लागि आफूले अपिल गर्ने बताए ।

भेटमा राजदूत साइगोले भारत र बाङगलादेशसँग सहमती भएको क्रसबोर्डर प्रशारण लाइनबारे समेत चासो व्यक्त गरेका थिए । जवाफमा मन्त्री पुनले भारतसँग क्रसबोर्डर टे«डको विषयमा राम्रो वातावरण बनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको विजुली भारतमा निर्यात भएको जानकारी दिए । उनले भारत हुँदै वङगलादेशसँग पनि विद्युत व्यापार गर्ने विषयमा सहमती भएको भन्दै लगानिका लागि वातावरण बनाईदिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया