समता अस्पतालमा मृत्यु भएको विमला तामाङको साथबाट हस्तलिखित नोट फेला परेको छ ।
नोटमा तिर्थ, रिसेप्सनिष्ट संगीता र म्यामलार्इ समाउनुहोस भन्ने व्यहोरा उल्लेख छ । मृतकको साथबाट प्रहरीले भेटेको नोटले ३ जनालाई आरोपित गरेको छ ।
सोही अस्पतालका कर्मचारी तामाङको झुण्डिएको अवस्थामा मंगलबार फेला पारेपछि अहिले तनावग्रस्त रहेको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।
दोरम्बा गाउँपालिका–२ रामेछापको तामाङको अस्पतालमै झुण्डिएको अवस्थामा फेला पारेको हो, उनका देवर सिंहराज योञ्जनले बताए । यो मरेको नभई मारेको हो भन्दै आफन्तहरुले अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन् ।
अस्पतालमै आत्महत्या गरेपछि सत्यतथ्य के हो ? बाहिर आउनुपर्ने भन्दै आन्दोलन गरिरहेको योञ्जनले बताए ।
२७ बर्षीय तामाङको एउटा बच्चा छ भने २ महिनादेखि यहाँ काम गर्दै आइरहेका थिए ।
अहिले प्रहरीले उनको साथबाट प्राप्त नोटको आधारमा अनुसन्धानलाई उल्लेखित ब्यक्तितर्फ केन्द्रीत गरिएको छ ।