थारु आदिवासी आज गुरही पर्व मनाउँदै

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पश्चिम नेपालका थारु आदिवासीहरु आज गुरही पर्व मनाउँदैछन् । गुरही यो समुदायको पहिलो पर्व हो । खास गरेर बालबालिका र युवतीले गाउँ-गाउँमा गुरही पर्व मनाउने गर्दछन् ।

गाउँघरमा कुनै दैवीय विपत्ति नआओस र रोगव्याधीको समस्या हटोस भन्ने मान्यताका साथ गुरही पर्व मनाइन्छ । यसलाई बाल पर्वको रुपमा पनि लिइएको छ ।

गरहीमा महिला, युवती र बालिकाले चौरमा कपडाको ‘गुरही’ बनाएर फाल्ने र त्यसलाई केटाले पिट्ने गर्दछन् यसरी गुरही फाल्ने र पिट्ने कार्यले विपद् टाढिने गरेको जनविश्वास छ ।

गुरहीको अवसरमा मकै, केराउ, चनाको भूजा खाने र बाँड्ने चलन रहेको छ । यसैगरी, घरमा मिठो मिष्ठान बनाएर आफ्नो विवाहित छोरीलाई माइतमा बोलाइ खुवाउने चलन पनि रहेको छ ।

तपाईको प्रतिक्रिया