जन्मदिनमा विद्यालयलाई सहयोग

सैलुङअनलाइन संवाददाता
पोखरा
PHOTO:

रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका पूर्व विद्यार्थी राजन सुवेदीले आफ्नो जन्मदिनमा विद्यालयलाई सहयोग गरेका छन् ।

पूर्व विद्यार्थी मञ्चका अध्यक्ष सुवेदीले आफ्नो २९ औँ जन्मदिनमा विद्यालयलाई खेलकुद सामग्री र पुस्तकहरु प्रदान गरे ।

आधुनिकतासँगै भड्किलो जन्मदिन मनाउने संस्कारमा न्यूनीकरण गर्दै जन्मदिन मनाउन यो तरिका अपनाएको सुवेदीले बताए ।

प्रधानाध्यापक रुपिन्द्र प्रभावीले राजनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा समृद्ध रुपा क्लबका सचिव नीलकण्ठ रेग्मी र पूर्व प्रअ जयराम सुवेदीले राजनलाई जन्मदिनको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया