ओ सरकार !
आदिम समयदेखि
हामी यो भूमिमा छौं ।
अब
हिसाब गरौं
अतिक्रमणको
कस्को अतिक्रमण कति भो ?
तिमीले निकुञ्ज
अतिक्रमणको आरोप लायौं
र चेपाङको झुप्रोमा आगो झोस्यौ
छातीमा बुट बजार्यौ
निर्दोष चेपाङको हत्या गर्यौ
बर्षौ बर्ष भो तिमीले
हाम्रो अस्तित्व अतिक्रमण गरीरहेको छौ
चेत अतिक्रमण गरीरहेको छौ
लय अतिक्रमण गरीरहेको छौ
आवाज अतिक्रमण गरीरहेको छौ
तर,
हाम्रो अस्तित्व लोप भैसकेको छैन
चेत लोप भैसकेको छैन
लय लोप भैसकेको छैन
आवाज लोप भैसकेको छैन ।
अब बदलामा
हामी कहाँ झोसौ आगो ?
कहाँ बजारौ लात ?
सिंहदरबारमा ?
कि
तिम्रो मस्तिष्कमा ?
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1