नेपाली दूतावास साउदी अरबले गुनासो सुन्ने अधिकारी तोकिएको छ । द्वितीय सचिव तारा गौतमलाई गुनासो सुन्ने अधिकारीकी रूपमा अगष्ट २० तारिखमा तोकिएको सूचना जारी गरेको छ ।
दूतावासले साउदी अरबका विभिन्न स्थानहरुमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको गुनासा टिपाउनका लागि अधिकारी तोकिएको हो । सचिव गौतम झन्डै एकवर्ष अघि साउदी अरब आएकी हुन् ।
विशेषगरी साउदीमा नेपाली महिला कामदारहरुको बढ्दो समस्यालाई ध्यानमा राखी गुनासो सुन्ने अधिकारी तोकिएको दूतावास स्रोतको भनाइ छ ।
द्वितीय सचिव गौतमले रोजगारीसँग सम्बन्धित आफ्ना समस्याहरू सम्पर्क नम्बरमा वा लेखित र ईमेल ठेगानामा पठाउने सकिने बताइन् ।