प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापाको दमक नगरपालिका स्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।
दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको यही भदौ ०१ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईलाले एक समारोहका विच समुद्घाट्न गरियो।
त्यसै गरी ईलामस्थित मालपोत कार्यालय परिसरमा बुधबार ईलाम मालपोत कार्यालय प्रमुख केशबकुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्र बहादुर थापाले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाट्न गरियो ।
बैंकको देशभर १३५ शाखा, ८५ एटीम र २६ वटा एक्टेन्सन काउण्टर रहेका छन् ।