युएईमा हातेमालो तीज धमाका-२०१९ को अन्तिम तयारी पूरा भएको छ ।
हातेमालो समूह आबुधावीको आयोजना हुन लागेको उक्त कार्यक्रम विशेषगरी हरितालिका तीजको अवसर पारेर आबुधावीस्थित मुसाफाको सभाहलमा अगष्ट २३ तारिख शुक्रबार हुने तयारी पूरा भएको आयोजकले जनाए ।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृतिलाई मध्यनजर राख्दै सामाजिक कार्यमा समेत टेवा पुराउने उद्देश्यका साथ विविध साँस्कृतिक कार्यक्रम गरी तीज मनाउन लागिएको समूहका अध्यक्ष प्रविन निरौलाले बताए ।
कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिरहने भएकोले उनीहरुको प्रोत्साहन तथा हौसला बढाउनको निमित्त विशेष सम्मान गरिने आयोजकले सैलुङ अनलाइनलाई जानकारी दिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1