प्रदीपको ‘खै त तिम्रो बुट्टे सारी’ सार्वजनिक (भिडियो)

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

गायक प्रदीप लामाको नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । भिडियोमा जल्दबल्दा नायिका सुमी मोक्तानसँगै  भीमफेदी गाइजको अभिनय रहेका छन् ।

हस्त लामाको शब्द, सङ्गीतमा जोगलाल लामाको सङ्गीत संयोजन रहेको छ । निर्मलकुमार लामाले निर्देशन गरेको म्युजिक भिडियोमा सूर्य लामाको छायाङ्कन तथा सम्पादन छ ।

भिडियोमा मायाको नाममा धेरैलार्इ स्वार्थअनुसारको आश्वासन बाँडेको प्रेमिमाथि आरोप लगाएका छन‚ उनका प्रेमिकाले ।

सङ्गीतमा बीम्युज गरिसकेका सिन्धुपाल्चोक हेलम्बुका लामाको ‘मोहनी लाइदिउ कि’, ‘मायाले बोलको’,  ‘हेलम्बु माथि’ लगायत गीत चर्चामा छन् ।

तपाईको प्रतिक्रिया