प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली सिंगापुरका नेसनल युनिभसिटी अस्पतालमा थप स्वास्थ्य परीक्षण गराउने त्यसतर्फ प्रस्थान गरेका हुन् ।
स्वास्थ्योपचारपछि फर्केको १० दिनपछि पुनः सिंगापुर प्रस्थान गरेका हुन् ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए । त्यहाँ रहँदा उनले प्रयोग गरिरहेको औषधिको मात्राहरु परिवर्तन गरिएको र त्यसमा थप फलोअप गर्नका लागि सिंगापुर गएको जानकारी दिइएको छ।
प्रधानमन्त्री ओलीले सिंगापुरबाटै भिडियो कन्फरेन्स माध्यमबाट मन्त्रिपरिषदको बैठकको अध्यक्षता गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सबाट अध्यक्षता गर्ने भएपछि सरकारले बुधबार मन्त्रिपरिषद बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको छ । नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फरेन्सको प्रयोग गर्न लागेको हो।
प्रधानमन्त्री ओलीको साथमा धर्मपत्नी राधिका शाक्य लगायतका सहयोगी, निजि चिकित्सक र सुरक्षाकर्मीहरु गएका छन् । उनी सिंगापुरबाट भाद्र २० गते फर्किने बताइएको छ ।