जैविक विविधताको संरक्षण अरूले लादेर र करले हुँदैन : प्रमुख संरक्षण अधिकृत राना

सैलुङअनलाइन संवाददाता
रसुवा

(लामटाङ राष्ट्रिय निकुञ्जको कार्यालय प्रमुख संरक्षण अधिकृत शुष्मा राना आएदेखि वन्यजन्तु संरक्षणमा थप टेवा पुगेको छ । उनी २०७५ सालदेखि प्रमुख संरक्षण अधिकृत भएर आएदेखि वन्यजन्तु चोरी सिकारी कम र अवैध व्यापार नियन्त्रण भएको छ । धनकुटाकी रानाले वन विज्ञान अध्ययन संस्थान हेटौँडा र पोखराबाट वन विज्ञानमा स्नातकोत्तर गरी सरकारी सेवा सुरु गरेकी हुन् । रानासँग  वन्यजन्तु चोरी सिकारी अवैध व्यापार नियन्त्रण तथा वन्यजन्तु अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान छ । उनी  लामटाङ राष्ट्रिय निकुञ्जको पहिलो महिला बाडेन  हुन् । प्रमुख संरक्षण अधिकृत रानासँग सैलुङअनलाइनका रसुवा संवाददाता सरस्वती न्यौपानेले गरेका कुराकानी ।)

सरकारी सेवामा कहिले प्रवेश गर्नु भयो ? 

सरकारी सेवामा मेरो वि.सं. २०५५ सालदेखि हो ।

जागिरको दौरानमा कहाँ कहाँ  बस्नु भयो ?

मैले सरकारी सेवामा रहँदा ताप्लेजुङ, तेह्रथुम, मोरङ, झापा, धनकुटा, कास्की, दोलखा पुगेँ । त्यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभाग हुँदै अहिले लामटाङ राष्ट्रिय निकुञ्ज रसुवा आइपुगेको हुँ ।

जागिरकै दौरानमा अमेरिका, भारत लगायतका देशहरुमा घुम्ने अवसर पनि पाएँ ।

तपार्इ निकुञ्ज क्षेत्रमा सुरूवातबाटै होकि अरू निकायबाट आउनुभएको हो ?

सरकारी सेवामा नेपाल वन सेवाको जनरल फरेष्ट्रि समूहको रेन्जर पदबाट प्रवेश गरेको हो । वि.सं. २०७३ साल जेठ २६ गतेदेखि नेपाल बन सेवा, नेशनल पार्क एन्ड वाईल्ड लाईक समूहमा कार्य गर्दै अहिले यहाँ आइपुगेको हो ।

तत्कालीन श्री ५ को सरकारद्वारा प्रकाशित राजपत्र अनुसार ‘लामटाङ राष्ट्रिय निकुञ्ज’ भनी प्रकाशित भएको रहेछ । सोही अनुसार यस निकुञ्जको नाम लामटाङ राष्ट्रिय निकुञ्ज रहेको हो ।

लामटाङ राष्ट्रिय निकुञ्जमा तपाईँ पहिलो महिला बाडेन हुनुहुन्छ रु कस्तो महसुस गर्नुभएको  छ ?

राष्ट्रिय निकुञ्जमा काम गर्ने इच्छा पहिलेदेखि नै थियो । मेरो सेवा प्रवेश जनरल फरेष्ट्रिमा भए पनि राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु विभागमा रही कार्य गर्दै आइरहेको थिए । २०७५ सालदेखि लामटाङ राष्ट्रिय निकुञ्जमा वाडेनको रूपमा कार्यरत छु । वन, वन्यजन्तु र जैविक विविधताको संरक्षणमा समर्पित हुनु चुनौतीपूर्ण कार्य हो । त्यसमा पनि हाम्रो जस्तो विकसित देशमा वन, वन्यजन्तुको संरक्षण गर्ने कार्य चुनौतीको विषय हो ।

तपाईँको कार्यकाल यस निकुञ्जमा कस्ता चुनौतीहरू सहनुपर्‍यो कि छैन ?

२०७५ साल मङ्सिर ७ गतेदेखि म यस निकुञ्जमा कार्यरत छु । काम गर्दै जाँदा धेरै चुनौतीहरू त आइ नै रहन्छ । सबै सरोकारवाला लगायत यहाँका जनताको सहयोगबाट सहजीकरण गर्दै चुनौतीलार्इ सहजीकरण गर्दै अगाडि बढिरहेको छु ।

तपाईँको कार्यकालमा बन‚ वन्यजन्तु लगायत जैविक विविधताको संरक्षण भएको छ ?

वन्यजन्तुको चोरी सिकारी‚ वन पैदावार‚ जडीबुटीको चोरी जस्ता अवैध कार्यलार्इ न्यूनीकरण गरेको छु । त्यस्तै गैरकानुनी किसिमले निकुञ्जभित्र भौतिक संरचनाहरू बनाउने, सुख्खा मौसममा हुने वन डढेलो र पछिल्लो वर्षहरूमा बढ्दै गएको मानव वन्यजन्तु द्वन्द्व लगायत समस्या समाधानको प्रयासहरू सफल पार्दै आइरहेको छु ।

निकुञ्जलार्इ  कोभिड (१९ ले कतिको असर पर्‍यो ?

कोभिड(१९ ले निकुञ्जलार्इ पनि असर पर्‍यो । बर्सेनि करिब २० हजार पर्यटनले निकुञ्ज भ्रमण गर्ने गरेका थिए । कोरोनाकै कारण त्यो घट्यो  र त्यसो हुनु भनेको नै आर्थिकमा कमी आउनु हो । निकुञ्ज प्रवेश शुल्क‚ स्थानीय होटेल व्यवसायीहरूको आयमा पनि कमी आएको छ । राष्ट्रिय कामकाज र अर्थतन्त्र मा ठुलै असर परेको छ ।

यो निकुञ्जको नाम लाङटाङ हो कि लामटाङ हो रु यस विषयमा प्रस्ट बताइदिनुहोस् न ?

मैले सुने अनुसार यस निकुञ्जको नामकरण नै रसुवा जिल्लामा पर्ने लाङटाङ हिमालको नामबाट राखिएको रहेछ । तर २०३२ साल चैत ९ गते तत्कालीन श्री ५ को सरकारद्वारा प्रकाशित राजपत्र अनुसार  ‘लामटाङ राष्ट्रिय निकुञ्ज’ भनी प्रकाशित भएको रहेछ । सोही अनुसार यस निकुञ्जको नाम लामटाङ राष्ट्रिय निकुञ्ज रहेको हो । राजपत्र संशोधनका लागि सम्बन्धित निकायमा पटाइसकिएको छ । संशोधन भएपछि लाङटाङ नै हुन्छ ।

तपाईँको कार्यकालमा संरक्षणको पाटोमा के कस्ता सुधारका भएका छन् ?

सरोकारवाला निकायहरूसँग समन्वय विस्तार भएको छ  । वन्यजन्तुको आखेटो पहारको गैरकानुनी रूपमा हुने ओसारपसारमा कमी आएको छ । स्थानीयस्तरमा संरक्षणप्रतिको सचेतनामा वृद्धि गरिएको छ ।

विशेष गरी २०७२ को भूकम्पले खुम्चिएको निकुञ्ज प्रशासन र नेपाली सेना विष्णु दल गणलार्इ सुरक्षा पोष्टमा बिस्तार गरियो । रसुवा र नुवाकोट जिल्लामा रहेको सुरक्षा पोष्टलार्इ बिस्तार गरी सिन्धुपाल्चोक जिल्लाको सम्वेदनशिल क्षेत्रसम्म विस्तार गरियो ।

निकुञ्ज संरक्षणमा सबैको सहकार्य छ त ?

निकुञ्ज संरक्षण वास्तवमा एक्लैले गर्न सक्दैन र सम्भावना पनि हुँदैन ।  निकुञ्जको संरक्षणमा स्थानीयको सहभागिता र सहकार्य आवश्यकता छ । वन, वन्यजन्तुको संरक्षण कार्य स्थानीय समूह, नेपाली सेना र निकुञ्ज प्रशासनको त्रिकोणात्मक सम्बन्धबाट नै यो सफल भएको हो । त्यसै अनुसार हाम्रो कार्यक्रम सञ्चालित छन् ।

अन्तमा 

जैविक विविधताको संरक्षण गर्ने भन्ने विषय भित्रैबाट आउनुपर्छ । कसैले लादेर अरूको करले गर्ने संरक्षण दिगो हुँदैन । हामी पनि यही जैविक विविधताको एउटा अंश हौँ । संरक्षण संवर्द्धन गर्नु आफ्नो पनि संरक्षण हुनु भन्ने कुरा बुझ्नु जरुरी छ । धन्यवाद ।

तपाईको प्रतिक्रिया