म त मर्छु कि क्या हो को भिडियो सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
काठमाडौँ

नेपाली चलचित्र ‘म त मर्छु कि क्या हो’को प्रमोशनल गीत ‘इसाराले बोलाउनु पर्दैन’को भिडियो सार्वजनिक गरिएको छ ।

तुलसी घिमिरेको निर्देशन तथा कलाकार तथा निर्माता विश्व बस्नेतको निर्माण रहेको पुरानो चलचित्र ’अन्याय’मा समावेश उक्त गीतलाई ‘म त मर्छु कि क्या हो’ निर्माण टिमले अनुमति लिएर प्रमोशनल गीतको रूपमा सार्वजनिक गरेको हो ।

अहिले सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नृत्य देख्न सकिन्छ । भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरिएको छ भने छायाङ्कन मान कृष्ण महर्जनको रहेको छ । भिडियो सम्पादन मिलन श्रेष्ठले गरिएको हो ।

गीतको भिडियो ओहो मुभी टिमले निर्माण गरेको कलाकार कट्टेल (धुर्मुस)ले जानकारी दिए । धुर्मुसका अनुसार उक्त गीत ‘म त मर्छु कि क्या हो’ को प्रमोसनका लागी मात्र प्रयोग गरिनेछ ।

गीत रत्नशम्शेर थापा, ईश्वर वल्लभ र प्रदिप रिमालले रचना गरिएको हो ।

गीतमा भूपेन्द्र सिंह र दिपा झाको स्वर रहेको छ । गीतमा सङ्गीत भने वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको रहेको छ ।

भदौ ११ गतेदेखि ओहो मोबाइल एप मार्फत सार्वजनिक हुँदैछ । सुदिप बरालले खिचिएको यस चलचित्रमा लेखन तथा निर्देशन धुर्मुस सुन्तलीकै रहेको छ । चलचित्रमा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ ।

तपाईको प्रतिक्रिया