चौतारीद्वारा कल्याणकारी कोष स्थापना

सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडाैं

प्रेस चौतारी नेपाल जिल्ला शाखाको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गरी हरेक वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाका क्रियाशील दुई पत्रकारलाई ‘जोखिम पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ ।

शाखाको हालै सम्पन्न बैठकले ‘प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार’ प्रत्येक वर्ष दुई पत्रकारलाई वितरण गर्ने निर्णय समेत गरेको छ । पत्रकारिता विषयमा दश जोड दुई तथा स्नातक तहमा सबैभन्दा बढी अङ्क ल्याउने एकर एक जनालाई उक्त पुरस्कार प्रदान गरिने जिल्ला अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

बैठकले कल्याणकारी कोष कार्यविधि–२०७८ लाई सुझावसहित पारित गरेको छ । दाताबाट प्राप्त सहयोग र विभिन्न क्रियाकलाप गरी आर्जित रकमलाई कोषमा राखेर वृद्धि गर्दै लगिने उनको भनाइ छ । बैठकले पोलट्री विज्ञ डा. तिलचन्द्र भट्टराई तथा प्रा डा. शारदा थपलियाले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार कार्यविधि–२०७८ लाई सुझावसहित पारित गरेको छ । बैठकले १५ सदस्यीय जिल्ला सचिवालय र सल्लाहकार समेत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका