बजाजले ल्यायो ‘बजाज भविष्यवाणी’ योजना

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

बजाज मोटरसाइकलले ‘बजाज भविष्यवाणी’ योजना ल्याएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैँ र तिहारको उपलक्ष्यमा ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारासहितको यो योजना ल्याएको हो ।

यो योजनामा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गरेर १ लाख रुपैयाँसम्मको ‘स्योर शट डिस्काउन्ट’ थाहा पाउन सक्नेछन् । यस्तै उनीहरुले मोटरसाइकल किनेपछि फेरि अर्को स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।
यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल किन्नु अघि र किनिसकेपछि १/१ लाख रुपैयाँसम्मको नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका